कान्ति बाल अस्पतालले मनायो ६१ औं वार्षिकोत्सव

Ramesh Gupta Memorial Trust

कान्ति बाल अस्पतालले मनायो ६१ औं वार्षिकोत्सव

वि.सं.२०१९ साल पुष २२ गतेका दिन स्थापना भएको देशको एक मात्र केन्द्रीय बाल अस्पताल कान्तिले शुक्रवार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वार्षिकोत्सव मनाएको हो ।३ सय ३० शय्याको अस्पताल रहेको कान्तिले बालबालिकासम्बन्धी सामान्यदेखि विशेषज्ञ र विशिष्टसम्मको सेवा प्रवाह गर्दै आइरहेको छ ।

अस्पतालमा हाल ५ सय ३४ जना कर्मचारी कार्यरत छन् ।

कान्ति बाल अस्पतालमा काठमाडौं उपत्यकासहित देशभरका नागरिक सेवा लिनका लागि पुग्ने गर्छन् ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले लामो समयदेखि बन्द रहेको २० शय्याको एनआईएमसीयू वार्ड मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको भन्दै ५ शय्याको नयाँ केएमसी वार्ड पनि सञ्चालनमा आएको बताए ।

गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रम, खानेपानी निर्मलीकरण, ढल र १ वटा डिप बोरिंगको पाईप नयाँ फेरेको, अंकोलोजी वार्डमा रमेश गुप्ता मेमोरियल ट्रस्ट र वल्र्ड चाइल्ड क्यान्सरको सहयोगमा ५ वेडको एचडीयू सञ्चालनमा ल्याएको पनि डा.बसौलाले जानकारी गराए ।

कार्यक्रममा अस्पतालको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । जसमा यसै वर्षबाट नर्सिङ विषयमा १ वर्षे फेलोसिप अन पेड्रियाट्रीक अंकोलोजी नर्सिङ कार्यक्रम सुरु भएको जानकारी दिइयो ।